राष्ट्रपति भण्डारी जापान प्रस्थान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गरेकी छन् ।

थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यान्माको लागि नेपाली राजदूत गणेशप्रसाद ढकाललगायतले बिदाइ गरे ।

जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

भक्तपुर । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार बिहीबारदेखि सुरु भएको छ

मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा दुईजनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

करिव आठ किलो कोकिनसहित काठमाडौंबाट दुई भारतीय महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुससहित पक्राउ

काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित तीनजना ५० हजार घुस