त्रिवि शिक्षण अस्पतालमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण



काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ । शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता प्राप्त गरेको हो ।

प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रत्यारोपण चिकित्सक प्राडा रमेशसिंह भण्डारीको टोलीले करीब आठ घण्टा लगाएर सो प्रत्यारोपण गरेको थियो ।

प्राडा भण्डारीका अनुसार अस्पतालमा यो प्रत्यारोपण तेस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो । गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण भएको थियो । पहिलो प्रत्यारोपणमा ३३ वर्षीया छोरीले ५८ वर्षीय आफ्ना पितालाई कलेजो दिएकी थिइन् ।

विदेशको तुलनामा नेपालमा कलेजो प्रत्यारोपण कार्य सस्तो छ । प्राडा भण्डारीका अनुसार करीब २५ लाख रुपैयाँमा कलेजो प्रत्यारोपण गर्न सकिने छ । आफ्ना परिवारभित्रका सदस्यले मात्र कलेजोदान गर्न सक्ने कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

घटना मिलापत्र गराउन खोज्दा र प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्दा यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवीले प्राण त्यागिन्

सिरहा । गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका—३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

कञ्चनपुर। पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ

यसवर्ष नवलपरासीमा तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन