बीबीसीको शक्तिशाली महिलाको सूचीमा पोषण सुधार अभियन्ता बोनिता शर्मा समावेश



काठमाडौं । पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को शक्तिशाली एक सय महिलाको सूचीमा परेकी छिन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा परेकी हुन् ।

बिबिसीले ६ वटा क्याटेगोरी तयार पार्दै १ सय महिलाको सूची सार्वजनिक गरेको हो। पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूची सार्वजनिक गरिएकोमा बोनितालाई ज्ञानको श्रेणीमा राखिएको छ।

२७ वर्षे बोनितालगायतको टोलीले ‘सोचाइ’ (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) नामक संस्था स्थापना गरी विशेषतः नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएर काम गरिरहेको छ ।

बीबीसीका अनुसार, शर्मा निकै संघर्षका साथ सामाजिक सेवामा आएकी हुन् । सुरुमा उनलाई गृहिणी बन्ने चर्को दबाव थियो । तर, आमाको प्रेरणाले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेकी उनले महिला शिक्षा र तिनको सशक्तीकरणका लागि भूमिका खेलेको बीबीसीमा उल्लेख छ ।

महिला शिक्षाका लागि उनको परियोजनाले खेलेको भूमिकाको सम्मान गर्दै युनेस्को मलाला कोषबाट उनको संस्था पुरस्कृतसमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजतन्त्र ल्याएर फाइदा हुँदैनः अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा

२५ करोड विदेशी मुद्रा बरामद प्रकरणः ट्रक चालक पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । काठमाडौंको टोखामा २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालक

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा

काठमाडौँ । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ

हुम्लामा बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

हुम्ला । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर