मुस्कानलाई भेट्न अस्पताल पुगेका राजेश हमालले भने–क्यान यू स्माइल ?


काठमाडौँ । महानायक राजेश हमाल एसिड आक्रमणपछि उपचार गराइरहेकी मुस्कान खातुनलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका छन् ।

अस्पतालमा उपचार गराईरहेकी वीरगञ्जकी मुस्कानलाई हमालले भेटेर कुराकानी गरेका छन् । अभियन्ता उज्जल विक्रम थापाको ट्वीटरमा सार्वजनिक भएको भिडियोमा हमालले आफू भित्रबाट बलियो हुनुपर्छ भन्दै उपचाररत मुस्कानलाई आँट दिएका छन् ।

मुस्कानलाई प्रेरणा दिँदै उनले भनेका छन्, ‘मैले सुने अनुसार तिमी पढाईमा पनि रुचि राख्ने रहेछौँ, तिमीलाई पढ्न पनि मन पर्छ। यो उमेरमा तिमीले आफ्नो ठोस ‘गोल’ पनि राखेका छौँ। त्यसले पनि काम गर्छ। यसले नै तिमीले आफ्नो जीवनलाई छेक्न दिनु हुँदैन।’