मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको छ भने अर्काे ट्याङ्की केही समयमै निर्माण सम्पन्न हुँदैछ ।

प्रशोधन केन्द्रको क्षमता आठ करोड ५० लाख लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) र अर्काे एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा निर्माण भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

उनका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने एडिबीको सहयोगमा निर्माणाधीन ट्याङ्कीको काम अन्तिम चरणमा पुगेको छ ।
निर्माणाधीन केन्द्रको ठेक्का सम्झौताको अवधि गत महीना सकिएको थियो । सोही ठेकेदार कम्पनीलाई नै आयोजनामा यसअघि काम गरेको कम्पनी (सिएमसी)ले छाडेर गएका कतिपय निर्माणका काम थप दिइएकाले तीन महीना अवधि थपिएको छ ।

अबको दुई/तीन महीनामा सबै काम सकिने उनले बताए । आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणमा ठेक्कामार्फत काम अघि बढाएको छ । सुरुङ निर्माण र हेडवर्क निर्माणका लागि सरकारले केही समय अघि मात्रै ठेक्का सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको

यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

कर्णाली । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक भएको छ ।

पन्ध्र मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने

काठमाडौं । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक

जमर्नी र रुमानियासँग श्रम सम्झौताको तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर