साधुको हत्यामा संलग्न रहेको आरोपमा तीन पक्राउ



डडेल्धुरा । डडेल्धुरामा साधुको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

अर्का आरोपित घटनापश्चात डडेल्धुरा र बैतडीको सिमानामा लुकीछिपी बसेको सूचनाका आधारमा आइतबार पक्राउ परेका हुन् ।

तर बालबालिका ऐन, २०७५ को दफा ११ बमोजिम उनीहरुको परिचय भने खुलाइएको छैन । पक्राउ परेका तीनै जनाविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

आरोपितहरुले गत मङ्गलबार घटनास्थल नजिकै अजयमेरु गाउँपालिका–१ समैजी कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी होहल्ला गर्दै मृतकको कुटीमा गएका थिए ।

फर्कने क्रममा नजिकै सडकमा उमाशङ्कर गिरी साधुसँग भेट भएको र विवाद भएको जनाइएको छ । पक्राउ परेका १६ वर्षीय किशोरले ढुङ्गा प्रहार गरेका थिए ।

त्यसपछि गिरी भागेर आफ्नो कुटीमा प्रवेश गरी लुकेका तर मदिराको मातमा रहेका आरोपितहरुले लखेट्दै गई पुनः ढुङ्गा प्रहार गरी सो स्थानबाट भागेर आ–आफ्नो घर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७

सर्वोच्चमा सुनुवाइ प्रभावित भएकोप्रति बारले माग्यो सेवाग्राहीसँग माफी

काठमाडौं । नेपाल बार एशोसिएशनले न्यायालयमा देखिएको विवादका कारण सुनुवाइ प्रभावित भएकोप्रति सेवाग्राहीसँग

संसद् सचिवालयमा गोली फायर भएपछि…

काठमाडौं । चेकजाँचको क्रममा बुधबार मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ

मंसिरदेखि विद्युतको नयाँ महशुल दर

काठमाडौं । आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ