माडीको बघौडा अस्पतालमा अब शल्यक्रिया सेवा सुरु



चितवन । चितवनको माडी नगरपालिकाको एकमात्र अस्पताल बघौडा अस्पतालले ‘माइनर’ शल्यक्रियाको सेवा शुरु गरेको छ । अस्पतालले १५ श्ययाको बिरामी भर्ना सुविधासहित सेवा शुरु भएपछि शल्यक्रियाका लागि भरतपुर जानुपर्ने बाध्यता हटेको छ ।

विसं २०७० को मन्त्रिपरिषद्को निर्णयले उपस्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालको रुपमा विकास गरेको थियो । अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभावले गर्दा सेवा प्रदान गर्न सकेको थिएन ।

लामो समयसम्म अस्पतालले हाडजोर्नीको प्लाष्टर र साधारण सुत्केरी गराउने गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा आलोक कुमारका अनुसार साधारण शल्यक्रियाका सबै र मुख्य शल्यक्रियाअन्तर्गत सुत्केरी सेवा दिइने छ ।

अस्पतालमा विशिष्टकृत चिकित्सक, स्टाफ नर्स, प्यारामेडिक्स, अहेबसहित ३९ स्वास्थ्यकर्मी छन् । माडी नगरपालिकाको पहलमा अस्पतालमा आवश्यक सामग्री खरीद गरी औपचारिकरुपमा सेवा शुरु गरिएको हो ।

हाल दैनिक २०० बिरामीको स्वास्थ्य जाँच तथा उपचार र मासिक ३० जना सुत्केरी हुने गरेको मेसु डा कुमारले जानकारी दिए । बिरामीको चापलाई मध्यनगर राख्दै अस्पताललाई ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्न केन्द्रीय सरकारसँग माग गरिएको उनले बताए ।

करीब ४३ हजार जनसङ्ख्या रहेको माडीमा सामान्य उपचारबाहेक विशिष्टकृत सेवाका लागि भारत र सदरमुकाम भरतपुर जानुपर्ने अवस्था थियो । माडीमै शल्यक्रियाको सेवा प्रारम्भ भएपछि माडीवासी खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२० देशमा फैलियो मङ्कीपक्स

विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले

पर्यटकीय पूर्वाधार निर्माणपछि दुरुलेकमा पर्यटक आगमनमा वृद्धि

म्याग्दी ।पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकको

धनगढीको गेटामा यसै वर्षदेखि तीन सय श्ययाको अस्पताल सुरु हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् गर्न दुईवर्ष समय थप

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ