माडीको बघौडा अस्पतालमा अब शल्यक्रिया सेवा सुरु



चितवन । चितवनको माडी नगरपालिकाको एकमात्र अस्पताल बघौडा अस्पतालले ‘माइनर’ शल्यक्रियाको सेवा शुरु गरेको छ । अस्पतालले १५ श्ययाको बिरामी भर्ना सुविधासहित सेवा शुरु भएपछि शल्यक्रियाका लागि भरतपुर जानुपर्ने बाध्यता हटेको छ ।

विसं २०७० को मन्त्रिपरिषद्को निर्णयले उपस्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालको रुपमा विकास गरेको थियो । अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभावले गर्दा सेवा प्रदान गर्न सकेको थिएन ।

लामो समयसम्म अस्पतालले हाडजोर्नीको प्लाष्टर र साधारण सुत्केरी गराउने गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा आलोक कुमारका अनुसार साधारण शल्यक्रियाका सबै र मुख्य शल्यक्रियाअन्तर्गत सुत्केरी सेवा दिइने छ ।

अस्पतालमा विशिष्टकृत चिकित्सक, स्टाफ नर्स, प्यारामेडिक्स, अहेबसहित ३९ स्वास्थ्यकर्मी छन् । माडी नगरपालिकाको पहलमा अस्पतालमा आवश्यक सामग्री खरीद गरी औपचारिकरुपमा सेवा शुरु गरिएको हो ।

हाल दैनिक २०० बिरामीको स्वास्थ्य जाँच तथा उपचार र मासिक ३० जना सुत्केरी हुने गरेको मेसु डा कुमारले जानकारी दिए । बिरामीको चापलाई मध्यनगर राख्दै अस्पताललाई ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्न केन्द्रीय सरकारसँग माग गरिएको उनले बताए ।

करीब ४३ हजार जनसङ्ख्या रहेको माडीमा सामान्य उपचारबाहेक विशिष्टकृत सेवाका लागि भारत र सदरमुकाम भरतपुर जानुपर्ने अवस्था थियो । माडीमै शल्यक्रियाको सेवा प्रारम्भ भएपछि माडीवासी खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव बिस्तारै देखिने

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ । अस्पतालका