बस दुर्घटना अपडेटः कम्तीमा १२ को मृत्यु



मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पचासभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिए । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेका प्रहरीको अनुमान छ । कच्ची सडक र यात्रु बढी भएकाले बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

दुर्घटनामा मृत्यु भएका १२ मध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भन्यो-नेपाल र चीनबीच सीमा समस्या छैन

काठमाडौं । सरकारले नेपाल र चीनबीच सीमा समस्या नभएको स्पष्ट गरेको छ ।

कपिलवस्तुमा बाढीले जिप बगाउँदा सवारी चालकको मृत्यु

कपलिवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा

कारागार व्यवस्थापन विभागले भन्यो -जैसवालको मृत्यु स्वभाविक, शवको पोष्टमार्टम गरिने

काठमाडौं । वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रुपन्देहीको सिद्धार्थनगरका रामलखन जैसवालको

सक्रिय संक्रमित २५ हजार नाघेमा पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी