एनआरएनए महासचिवमा डा. पौडेलको उम्मेद्वारी घोषणा



गैरआवासीय नेपाली संघ एनआरएनएको महासचिवमा डा केशव पौडेलले उम्मेदवारी दिने भएका छन्।

आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका पौडेलले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

निर्वाचनमा भाग लिन बिहीबार नेपाल आएका डा पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले आफ्नो अनुभवलाई आइसिसीमा लगानी गर्ने तथा सामाजिक योगदानको चाहनालाई साकार पार्न महासचिवमा उम्मेदवारी दिन लागेको बताए।

डा पौडेलले एनआरएनए विदेशमा बस्ने नेपालीको साझा संस्था भएकाले संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीलाई आफूले सिकेको र जानेको कुराका माध्यमबाट सेवा र सहयोग गर्नका लागि उम्मेदवारी दिएको उल्लेख गरे।

उनले एनआरएनए अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेका बेला आर्थिक तथा भौतिक सहयोग, अमेरिकाभर विभिन्न राज्यमा सामुदायिक भवन बनाउन सहयोग गरेकाले आफू महासचिवमा योग्य उम्मेदवार भएको बताए।

सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका डा पौडेलले एनआरएनए अमेरिका शाखामा दुई कार्यकाल नेतृत्व गरिसकेका छन्।

तनहुँ व्यास नगरपालिका ९, सिस्नेरीमा जन्मिएका डा पौडेल सन् २०१४ देखि अमेरिकाको न्यूमेक्सिकोस्थित लवलेस मेडिकल सेन्टरको मेडिकल निर्देशकका रुपमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही