एनआरएनए महासचिवमा डा. पौडेलको उम्मेद्वारी घोषणा



गैरआवासीय नेपाली संघ एनआरएनएको महासचिवमा डा केशव पौडेलले उम्मेदवारी दिने भएका छन्।

आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका पौडेलले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

निर्वाचनमा भाग लिन बिहीबार नेपाल आएका डा पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले आफ्नो अनुभवलाई आइसिसीमा लगानी गर्ने तथा सामाजिक योगदानको चाहनालाई साकार पार्न महासचिवमा उम्मेदवारी दिन लागेको बताए।

डा पौडेलले एनआरएनए विदेशमा बस्ने नेपालीको साझा संस्था भएकाले संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीलाई आफूले सिकेको र जानेको कुराका माध्यमबाट सेवा र सहयोग गर्नका लागि उम्मेदवारी दिएको उल्लेख गरे।

उनले एनआरएनए अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेका बेला आर्थिक तथा भौतिक सहयोग, अमेरिकाभर विभिन्न राज्यमा सामुदायिक भवन बनाउन सहयोग गरेकाले आफू महासचिवमा योग्य उम्मेदवार भएको बताए।

सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका डा पौडेलले एनआरएनए अमेरिका शाखामा दुई कार्यकाल नेतृत्व गरिसकेका छन्।

तनहुँ व्यास नगरपालिका ९, सिस्नेरीमा जन्मिएका डा पौडेल सन् २०१४ देखि अमेरिकाको न्यूमेक्सिकोस्थित लवलेस मेडिकल सेन्टरको मेडिकल निर्देशकका रुपमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पा ठूलीभेरीको रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्नेको अस्थायी बास(फोटोफिचर)

डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले

कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन

पर्वत । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण गरिएको

बाख्रा उपहार पाएपछि महिला खुसी

ढोरपाटन । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुस्ताङ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।