सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ कम्तिमा ६ जनाको मृत्यु



सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटना हुदाँ कम्तिमा ६ जनाका मृत्यु भएको हो ।

दुर्घटना परि ४० भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख १७२५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

बसमा ७० जनाभन्दा बढी यात्रु रहेको प्रहरीको अनुमान छ । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । बस सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ मन्दिरमा प्लास्टिकजन्य सामग्री लैजान निषेध

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र

आगामी वैशाखमा काठमाडौंमा ओशो महोत्सव हुने

काठमाडौं । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना सकियो

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र

रौतहटमा आगलागीबाट एक बालिकाको मृत्यु

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको