सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ कम्तिमा ६ जनाको मृत्यु



सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटना हुदाँ कम्तिमा ६ जनाका मृत्यु भएको हो ।

दुर्घटना परि ४० भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख १७२५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

बसमा ७० जनाभन्दा बढी यात्रु रहेको प्रहरीको अनुमान छ । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । बस सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुकुटी बेचेर मासिक दुई लाख आर्जन

मोरङ । मोरङको बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको

पर्वतमा करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, बोटबाटै उत्पादन बिक्री गर्न बाध्य किसान

पर्वत । पर्वतका अधिकांश स्थानमा पाकेका सुन्तला लटरम्म छन् । जिल्लामा भरपर्दो र

गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ

नौमुले । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष

अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ