सरकारले चाडपर्वलाई लक्षित गरी खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा



सरकारले दसैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन ।

सरकारले दसैंका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी/बोकाको मूल्य तोकि दिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौंको घाटा व्यहोर्न बाध्य भएका हुन ।

फूलपातीको दिन काठमाडौंको भृकटीमण्डवमा भेटिएका व्यापारीहरुले सरकारले आफूखुसी मूल्य तोकिदिँदा आफूहरुले लाखौंको घाटा व्यहोर्नु परेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

व्यापारीहरु फूलपातीको दिन भएको खसी व्यापारबाट निराश छन । दसैंका लागि खसी÷बोका भारतबाट आयात नगर्ने सरकारले बताएपनि त्यसमा प्रतिबन्ध लगाउन नसकेकोमा व्यापारीहरुको आपत्ति छ ।

दसैंमा खसी÷बोकाको व्यापारमा घाटा खाएका व्यापारीहरुले सरकारले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ बढाएर १०० रुपैयाँ बनाउने तर मासुको मूल्य भने गत वर्षको जत्तिनै राखेकोमा असन्तुष्टि व्यक्त गरे ।

केही नाफा हुने आसमा खसी÷बोका लिएर काठमाडौं आएका व्यापारीहरु निराश भएर फर्कने तयारीमा रहेका छन । अष्टमीको दिन केही आशातित व्यापार हुने उनीहरुको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

गण्डकी । सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै

पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे

पर्वत  । पर्वतको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको

म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा

म्याग्दी । कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन्

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किएका सूर्योदय