नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ आयोजना हुने



नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ आयोजना हुने भएको छ ।

विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गर्ने उद्देश्यका साथ आगामी असोज २४ र २५ गते काठमाडांैमा पहिलो पटक उक्त सम्मेलन आयोजना हुन लागेको हो ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने जानकारी गराइएको छ ।

विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गराउने मुख्य उद्देश्यसहित काठमाडौंमा उक्त अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रेशम तमूले जानकारी दिए ।

२ दिनसम्म चल्ने सम्मेलनमा विश्वका ४० वटा भन्दा बढि राष्ट्रका तमू प्रतिनिधिहरु सहभागी हुनेछन ।

सम्मेलनमा आदिवासी जनजातिसम्बन्धि संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको विश्वव्यापी घोषणा पत्र, तमू समुदायको उत्पत्ति, भाषा र संस्कृतिका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

फुङ्लिङ  । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दुमा पुगेको

अझै आएन सिञ्जा सभ्यता खस सङ्ग्रहालय सञ्चालनमा

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका– २ मा निर्माणाधीन सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै

एकजना किसानले गुल्मीमा फलाए चार सय मुरी धान

तम्घास (गुल्मी) । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान

रङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा

झापा । कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझैं सिँगारिएको छ