पूर्वराजाले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने
हातमा खबर
प्रकाशित मिति :
२०७६, १५ आश्विन बुधबार २३:११
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमिका दिन सर्वसाधारणलाई ४ बजेबाट टीका लगाईदिने भएका छन् ।
शाहकाे सम्वाद सचिवालयबाट सचिव डा. ,फणिराज पाठकले जारि गरेकाे सूचना अनुसार विजया दशमि अघि शाहि परम्परा अनुसार पूर्व राजा शाहले उपत्यकाका विभिन्न शक्ति पीठहरूकाे पनि दर्शन गर्ने छन् ।
पूर्वराजा शाहकाे दशै तालिका यस्ताे छ, हेर्नाेस विज्ञप्ति….
सूचना पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नेपाली मात्रको महान चाड बडा दशैंको उपलक्षमा महाअष्टमीको दिन अपरान्ह उपत्यकाका शक्ति पीठहरूको दर्शन गरिबक्सने छ। मौसुफबाट नक्साल भगवती,गुह्यश्वरी, मैतीदेवी,कालिकास्थान,भद्रकाली, संकटा,नरदेवी,रक्तकाली,शोभा भगवती र ईन्द्रायणीको दर्शन गरिबक्सने कार्यक्रम रहेको छ। मौसुफबाट बिजया दशमीको दिन अपरान्ह ४ बजे पछी दशैको टीका बक्सने कार्यक्रम रहेको छ। मिती: २०७६-६-१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?