भारतको दिल्लीबाट नेपाली किशोरीको उद्धार



काठमाडौं । विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीलाई उद्धार गरिएको छ ।

पीडित किशोरीलाई दिल्लीको आनन्द विहार घर बताउने नन्दन नामक व्यक्तिले करिव एक महिना पहिले वाट्स एप मार्फत कुराकानी गरेर फसाएका थिए । नन्दन नामक व्यक्तिले विवाह गर्ने भन्दै दिल्ली बोलाएका थिए ।

पीडित किसोरी गत २१ सेप्टेम्बरमा दिल्ली पुगेकी थिइन् । दिल्लीको आन्नद विहार रेलवे स्टेशनमा लिन आएको दलालले पीडित किशोरी सँगै पुलिस देखे पछि किशोरीलाई रेलवे स्टेशनमै छाडेर भागेका थिए ।

त्यसपछि पीडित किशोरीले नन्दनमाथि शंका गरेर रेलवे स्टेशनमा परिचालित बालबालिका सम्बन्धि काम गर्ने महिलाहरुलाई सहयोग मागेकि थिइन् । महिला अधिकारीहरुले किशोरीसँग भएको फोन नम्बरको सहायताले दलाल नन्दनलाई पनि पक्राउ गरिएको छ ।

दलाल नन्दनले यस अधि पनि महिलाहरूलाई विवाह गर्ने आश्वासन दिएर महिलाहरुलाई बेच्ने गरेको खुल्न आएको छ । त्यसपछि पुलिसले नन्दन नामक दलाललाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवसमा पठाएको छ ।

सुरक्षित आवासबाट आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरिएपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताए ।

दिल्लीमा उद्धार गरिएकी किशोरीसँगै घरबाट भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

नेपालगञ्ज। नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न

भोजपुरको भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’ स्थानीय हर्षित

भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिका- ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर

मुसहर समुदायका बाललिकाले बीचमै विद्यालय छाड्ने क्रम बढ्दै

जलेश्वर। महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी