भारतको दिल्लीबाट नेपाली किशोरीको उद्धार



काठमाडौं । विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीलाई उद्धार गरिएको छ ।

पीडित किशोरीलाई दिल्लीको आनन्द विहार घर बताउने नन्दन नामक व्यक्तिले करिव एक महिना पहिले वाट्स एप मार्फत कुराकानी गरेर फसाएका थिए । नन्दन नामक व्यक्तिले विवाह गर्ने भन्दै दिल्ली बोलाएका थिए ।

पीडित किसोरी गत २१ सेप्टेम्बरमा दिल्ली पुगेकी थिइन् । दिल्लीको आन्नद विहार रेलवे स्टेशनमा लिन आएको दलालले पीडित किशोरी सँगै पुलिस देखे पछि किशोरीलाई रेलवे स्टेशनमै छाडेर भागेका थिए ।

त्यसपछि पीडित किशोरीले नन्दनमाथि शंका गरेर रेलवे स्टेशनमा परिचालित बालबालिका सम्बन्धि काम गर्ने महिलाहरुलाई सहयोग मागेकि थिइन् । महिला अधिकारीहरुले किशोरीसँग भएको फोन नम्बरको सहायताले दलाल नन्दनलाई पनि पक्राउ गरिएको छ ।

दलाल नन्दनले यस अधि पनि महिलाहरूलाई विवाह गर्ने आश्वासन दिएर महिलाहरुलाई बेच्ने गरेको खुल्न आएको छ । त्यसपछि पुलिसले नन्दन नामक दलाललाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवसमा पठाएको छ ।

सुरक्षित आवासबाट आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरिएपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताए ।

दिल्लीमा उद्धार गरिएकी किशोरीसँगै घरबाट भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पा ठूलीभेरीको रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्नेको अस्थायी बास(फोटोफिचर)

डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले

कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन

पर्वत । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण गरिएको

बाख्रा उपहार पाएपछि महिला खुसी

ढोरपाटन । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुस्ताङ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।