हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना



काठमाडौं । हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । आइतबार बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा घटस्थापना गरिएको हो ।

दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो ।दशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौको जमरा राखिन्छ ।

विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीको टीकाको दिन पहेंलो जमरासँगै दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्री देवी दुर्गाका नौ स्वरुपको पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण

जाजरकोट । कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन्

इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को

एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष

पञ्चकुुण्ड ताल चिसोले जमेपछि…

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी