पशुबध नगरी दशैं मनाऔं



भोलि बडादशैँको पहिलो दिन घटस्थापना,
दशैँ भन्नासाथ: पिङ खेल्ने, टीका लगाउने, पारिवार/इष्टमित्र/साथीभाइ भेटघाट, लामो समयको काम/पढाइलाई गुजारेर छुट्टी मनाउने,,
अझ दशैँ भन्ने बित्तिकै जोडिने अर्को कुरा मासु(आफुसँगै/आफ्ना छोराछोरी सँगै हुर्काईएको होस् वा किनेर ल्याईएको पशु) लाई बध गर्ने र विभिन्न परिकार बनाएर खाने र रमाउने !!!

यसपालिको दशैँमा पशुबध नगरिकनै अन्य धेरै खानेकुराहरुको साथमा यस पवित्र पर्वलाई मनाउने हो भने दशैँ साँच्चिकै पवित्र हुने थियो ।
आउनुस्, सबै मिलेर हामीले भन्ने गरेको लोककल्याणकारी समाज मात्रै नभई लोक साथसाथै पशुकल्याणकारी समाजको लागि हातेमालो गरौँ ।


उच्च चेतन अवस्थाका हामी मानव ईन्द्रिय तृप्तिको लागि मात्रै नभई सबै आनन्दले रमाउन सक्ने सुन्दर संसारको सुरुवातमा सँगसँगै अगाडि बढौँ । यसको लागि आफैंबाट र आफ्नो परिवारबाटै शुरु गरौँ


पशुलाई पशुकै स्थान ठीक छ, हामी त मान्छे,,,
हामी पशु बन्ने प्रयास गर्दै नगरौं ।
सात्विक भोजननै हाम्रो लागि पर्याप्त छ नि !!!

एउटा कुरा,,
तपाईंले अनि मैले,
नचाहेरै पनि जिन्दगीको सबैभन्दा मूल्यवान बस्तु गुमाउनै पर्दछ, त्यसकारण पनि प्राणी बध नगर्ने र कसैलाई गर्न विवश नबनाउने कुराको लागि प्रण गरौँ ।

तपाईंहरू सबैको कल्याण होस् ।
सबै पशुको पनि कल्याण होस् ।

उदयराज ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा

त्रिशूली । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका- ४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै

मनाङ। घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण

इलाममा एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन

मङ्गलबारे । नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको

यसरी रुपान्तरण हुँदैछ चन्द्रागिरि ‘स्मार्टसिटी’मा : ‘गुगल प्लस कोड’ सहितको ‘डिजिटल’ सडक चोक पहिचान

काठमाडौं । के तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? अथवा चन्द्रागिरिवासी कहाँ जाँदै ?