बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाइते



बैतडी । बैतडीमा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् ।

यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान पनि घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

गम्भीर भएका सातै जनालाई जिल्ला बाहिर ‘रेफर’को तयारी भएको उहाँले बताउनुभयो । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

बसका चालक फरार रहेका छन् । सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटरमात्रै तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पछिल्लो २४ घण्टामा विपदका घटनामा परी तीनजनाको मृत्यु, १६ घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीनजनाको मृत्यु भएको छभने १६

राप्रपा अध्यक्ष लिङ्देनद्वारा दिवंगत पत्रकार रजकको परिवारसँग भेट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा परी

फोक्सिङटार पुल पुन: निर्माणका लागि ३५ करोड बजेट सुनिश्चित

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत, दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले

तनाव बढेपछि वीरगंजमा कर्फ्यु आदेश जारी

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यु  आदेश जारी गरेको छ ।