५८ प्रतिशत महिलाद्वारा असुरक्षित गर्भपतन



काठमाडौं । सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढीरहेको छ । अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित र ४२ प्रतिशतले मात्र सुरक्षित गर्भपतन सेवा लिइराखेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभरका एक हजार ३०० सूचीकृत गर्भपतन सेवा केन्द्रबाट गत वर्ष करीब एक लाख महिलाले गर्भपतन गराएका थिए । तीमध्ये ११ प्रतिशत त किशोरी नै रहेका छन् ।

मातृ मृत्युको प्रमुख चार कारणमध्ये असुरक्षित गर्भतन एक मानिन्छ । सरकारले गर्भपतन सेवा निःशुल्क गरेको छ । औषधि र सामान्य शल्यक्रियाका माध्यमबाट गर्भपतन गराइन्छ । हाल १२ हप्तामाथिको गर्भपतन सेवा देशका २९ अस्पतालमा मात्र उपलब्ध रहेको छ ।

पाँचौँ सुरक्षित गर्भपतन दिवसका अवसरमा शुक्रबार महाशाखाद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा महाशाखाका प्रमुख भीमसिंह तिङ्करीले सुरक्षित गर्भपतन सेवा २०६९ सालदेखि शुरु भएपछि हालसम्म १३ लाखले सुरक्षित गर्भपतनको सेवा लिएको जानकारी दिए ।

असुरक्षित गर्भपतनका कारण विभिन्न रोगका जटिलता आउने गर्दछ । असुरक्षित गर्भपतन जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा रहेको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा प्रजनन् उमेर समूहका १५ देखि ४९ वर्षसम्मका महिलामध्ये २० वर्ष मुनिका १७ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् ।

गत वर्ष नेपालमा करीब १२ लाख महिला गर्भवती भएका थिए । तीमध्ये ४५ प्रतिशत अर्थात पाँच लाख ३९ हजार गर्भ अनिच्छित रहेको महाशाखा प्रमुख चिकित्सक तिङ्करीले कार्यक्रममा जानकारी दिए । साठ्ठी वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रतिशतमाथि उक्लिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा फेला

सुर्खेत । डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो ध्रुव संरक्षणले हिउँचितुवाको

स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा

मुस्ताङ । घरपझोङ गाउँपालिकाका युवा यतिबेला स्थानीय स्तरको प्राकृतिक तथा जैविक सम्पदा जोगाउन

स्वास्थ्य संस्थाको कमीले स्वास्थ्य पहुँचमा कठिनाइः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा मंगलबार आयोजित

गाउँपालिकाले आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क गरिदिने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने