किर्ते कागज बनाइ जग्गाको मूल्याङ्कन गराउने कन्सल्टेन्सीका कर्मचारी पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दाका संलग्न रहेका एक कन्सल्टेन्सीका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान यूरो (सिआइवी) पक्राउ गरेको छ ।

एक ठाउँको जग्गाको कागजात बनाइ अर्को ठाउँको जग्गा राखेर बैंक अफ काठमाडौँबाट ऋण लिने क्रममा झुटा विवरणअनुसार जग्गाको मूल्याङ्कनमा गर्ने एभरेष्ट इञ्जियीनरिङ कन्सल्टेन्सी विराटनगरका कर्मचारी भेषराज खत्रीलाई पक्राउ गरिएको हो ।

फरार रहेका उनलाई पक्राउ गरी बिहीबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

जग्गाको काजगात कीर्ते गरेर ऋण प्रवाह गरेको आरोपमा यसअघि बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी पनि छन् ।

उनीहरुले मिलेमतोमा खोलाको जग्गाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले तीन वर्षअघि कीर्ते गरेर करोडौँ रकम ऋणको रुपमा निकासा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनको राजपरिवारका सदस्यसहितको १६ जनाको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित

होटल प्लाटिनमको सीएमजी क्लबमा प्रहरीको छापा, म्यानेजरसहित १० जना पक्राउ

काठमाडौं । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई प्रहरीले बिहीबार साँझ

गैँडाको आक्रमणबाट नवलपुरमा एक महिलाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी बिहीबार एक जनाको मृत्यु

कञ्चनपुरमा तस्कर र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीयको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा बिहीबार साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल