सरकारले गाईको मासु घरघरमा पुर्याउन षड्यन्त्र गरेको भन्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । सरकारले गाईको मासु घरघरमा पुर्याउन षड्यन्त्र गरेको भन्दै त्यस्को बिरोधमा बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ । सनातन संस्कृति समाज नेपालको अगुवाइमा भएको प्रदर्शन भएको हो ।

सरकारले यस्तै प्रवृत्ति दोहोर्याए आन्दोलन अझ सशक्त बनाउने राप्रपा संयुक्तका नेता एवं सनातन संस्कृति समाज नेपालका सह अध्यक्ष तारानाथ लुँइटेलले जानकारी दिए ।

स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्विर राखिएपछि पशु सेवा विभागले यस अघिनै माफी मागिसकेको छ ।

विभागका महानिर्देशक डा. वंशी शर्माले विज्ञप्ति जारी गरी पोस्टर छपाईको त्रुटिका कारण गाईको तस्विर भूलवश परेको भन्दै क्षमायाचना गरेका थिए ।

विभागको मोवाइल भ्यानमा पशुपन्छीजन्य उत्पादनहरु दूध, मासु, अण्डालगायको उत्पादन, प्रशोधन तथा उपभोक्तालाई गुणस्तरीय बनाउने हेतुले प्रचार प्रसारका लगि राखिएको पोस्टमध्ये एउटामा त्रुटि देखिएको स्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

दमौली । तनहुँमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुई जना

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन

टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी

तुलसीपुर । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

ढोरपाटन । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि