खराब मौसमका कारण तीन वटा हेलिकप्टर आकस्मिक अवतरण



खोटाङ । मौसम प्रतिकूलताका कारण सङ्खुवासभाबाट काठमाडौँका लागि उडेको तीन वटा हेलिकप्टर बिहीबार खोटाङको रेग्मीटारमा आकस्मिक अवतरण गरिएको छ ।

सङ्खुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटारस्थित साप्सुखोलामा अवतरण गरिएको हो ।

बिहीबार दिउँसो करीब ३ः४५ बजे अवतरण गरिएको हेलिकप्टर मौसममा केही सुधार आएपछि पुनः काठमाडौँका लागि उडेको स्थानीयवासी कुमार बुढाथोकीले जानकारी दिए ।

वर्षा र बाक्लो कुहिरोका कारण दुई वटा अल्टिच्युट र एउटा मनाङ एयरको हेलिकप्टरलाई साप्सुखोला किनारमा आकस्मिक अवतरण गरिएको जनाइएको छ ।

आपत्कालीन हेलिकप्टर अवतरण भएको विषयमा स्थानीयवासीले खबर गरेपछि सुरक्षाका लागि प्रहरी चौकी भँडारेघाटबाट प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

खराब मौसमकै कारण खोटाङबाट काठमाडौँ फर्कने क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालगायतका नेताको टोली चढेको हेलिकप्टर तीन ठाउँमा अवतरण गरेपछि काठमाडौँ पुगेको स्रोतले जनाएको छ ।

बुधबार दिउँसो २ः३० बजे हलेसीबाट उडेको हेलिकप्टर पहिलोपटक हलेसी तुवाचुङ नगरपालिकाको बाइटार, दोस्रो पटक रामेछापको लिखु नदीको दोभानमा र तेस्रो पटक साँझ ६ बजे रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको थियो ।

हेलिकप्टरमा महामन्त्री कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, प्रतिनिधिसभा सदस्य हीरा गुरुङ, नवलपरासी सभापति भरत गुरुङलगायत चार जना सवार थिए । कोइराला काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको

नारायणगढ–मुग्लिन सडक आजदेखि एक साता दिउँसो बन्द हुने

भरतपुर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता

मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको ढुंगाले किचेर मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका