धनगढीकी खगित्रा शाहीले जन्माइन् चम्ल्याहा शिशु



काठमाडौं । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा शिशुलाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी उनको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिइन् ।

आठ महिनाको गर्भलाई चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात तीन शिशुको तौल क्रमशः १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ ।

सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान् पद्म शाहीले जानकारी दिए ।

चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका प्रा डा कार्कीले बताइन्। ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

भक्तपुर । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार बिहीबारदेखि सुरु भएको छ

मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा दुईजनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

करिव आठ किलो कोकिनसहित काठमाडौंबाट दुई भारतीय महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुससहित पक्राउ

काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित तीनजना ५० हजार घुस