वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी, अध्यक्षमा विष्णु गैरै निर्वाचित



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका विष्णुप्रसाद गैरे विजयी भएका छन् । मंगलबार सम्पन्न २७औँ साधारण सभा र निर्वाचनमा गैरेले प्रगतिशील वैदेशिक रोजगार व्यावसायी मञ्च नेपालका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सरोजकुमार पोखरेललाई पराजित गरेका हुन् ।

मंगलबार राति अबेर सार्वजनिक भएको चुनावी परिणामअनुसार संघको नेतृत्वमा फोरमले सतप्रतिशत विजयी हासिल गरेको छ । प्रगतिशील वैदेशिक रोजगार व्यावसायी मञ्च नेपालका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सरोजकुमार पोखरेलमाथि गैरेले ८३ मतले विजयी भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्पmबाट अध्यक्षका उम्मेदवार बनेका गैरेले ३३० मत प्राप्त गरेका छन् भने पोखरेलले २ सय ४७ मत प्राप्त गरेका थिए ।

त्यस्तै, प्रथम उपाध्यक्षमा फोरमका तर्फबाट उम्मेदवार बनेका कमल तामाङ विजयी भएका छन् । उनले ३८१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी हरिबहादुर क्षेत्री पाण्डेले २३० मत प्राप्त गरेका थिए ।

द्वितीय उपाध्यक्षमा फोरमका तर्फबाट कमलदेव मल्ल विजयी भएका छन् । उनले ३२२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी मुक्तिनाथ अधिकारीले २८७ मत प्राप्त गरेका छन् ।

तृतीय उपाध्यक्षमा मञ्चका तर्फबाट उम्मेदवारी दिएका किशोरकुमार केसी विजयी भएका छन् । उनले ३६० मत प्राप्त गर्दा उनका उनका निकटतम प्रतिद्वन्द्वी अख्तर हुसेनले २४४ मत प्राप्त गरे ।

त्यस्तै, महासचिवमा सुजितकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ३८८ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी रामचन्द्र गिरीले २२३ मत प्राप्त गरे ।

सचिवमा मेघनाथ भुर्तेल निर्वाचित भएका छन् । उनले उनले ३३३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सन्जु गुरुङले २७३ मत प्राप्त गरे । कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएकी छन् ।

उनले २९७ मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिद्वन्द्वी तेजमाया लिम्बूले १९४ मत प्राप्त गरिन् । सदस्यहरूमा फोरमका तर्फबाट उम्मेदवार बनेका होमप्रसाद तिमल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर मोहम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी (दीपेन्द्र) र वीरेन्द्रकुमार यादव विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आम नागरिकको चासो छः महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही

सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा(फोटोफिचर)

काठमाडौं । सेतो मछिन्द्रनाथको रथयात्रा शुरु भएको छ । शनिबारदेखि मत्स्येन्द्र बहालदेखि शुरु

रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि….

गण्डकी । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा

तनहुँको व्यासमा चिस्यान केन्द्र बनेको एक वर्षपछि सञ्चालनमा

तनहुँ । तनहुँको व्यास नगरपालिका-११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान