नवलपरासीमा ट्रकको ठक्करबाट कारमा सवार पाँच जनाको मृत्यु



नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीका तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने २० घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नम्बरको ट्रक र बा४१च ६४०९ नम्बरको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पाँचलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले मृत भएको घोषणा गरेको प्रहरले जनाएको छ । मृतक पाँचै जनाकोे नाम ठेगाना अझै खुल्न सकेको छैन ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा दाङबाट काठमाडाँैका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन् । बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

-वासुदेव पौडेल, गण्डकी । लहरै गुचमुच्च घरहरू, ढुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा,

अवैध रूपमा विदेश पुगेका नेपालीकाबारेमा गृह र श्रम मन्त्रालयको समन्वयमा अध्ययन गर्दैछौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’

अब नेपाल रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छः प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने

‘भिजिट भिसा प्रकरणमा जोसुकै दोषी भएपनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तर्राष्ट्रिस्तरमा विश्वास दिलाउनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाका सदस्य गंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन