वैदेशिक रोजगार ठगी मुद्दाकी थापा जेल चलान



काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार व्यक्तिलाई जेल चलान गरिएको छ । ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार मुद्दामा ठगी गर्ने काठमाडौँ महानगरपालिका–१० बस्ने ४६ वर्षीय विमला थापालाई आइतबार वानेश्वरबाट पक्राउ गरी सोमबार जेल चलान गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले वैदेशिक न्यायाधीकरणको २०७४ असार २६ को फैसलाअनुसार एक लाख ५० हजार जरिवाना र एक वर्ष छ महिना कैद सजाय सुनाइएका थापालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी थापालाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा गुर्जो रोप्ने अभियान शुरु

काठमाडौं । कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड

पाल्पामा पहिरोमा बेपत्ता पाँचै जनाको शव फेला

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका

डलर देखाएर रकम लुट्ने गिरोहका पाँच जना पक्राउ

भक्तपुर । सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गर्दै हिँडेको अभियोगमा प्रहरीले डलर,

मोटर मर्मत गर्न इनारमा पसेका दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने