वैदेशिक रोजगार ठगी मुद्दाकी थापा जेल चलान



काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार व्यक्तिलाई जेल चलान गरिएको छ । ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार मुद्दामा ठगी गर्ने काठमाडौँ महानगरपालिका–१० बस्ने ४६ वर्षीय विमला थापालाई आइतबार वानेश्वरबाट पक्राउ गरी सोमबार जेल चलान गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले वैदेशिक न्यायाधीकरणको २०७४ असार २६ को फैसलाअनुसार एक लाख ५० हजार जरिवाना र एक वर्ष छ महिना कैद सजाय सुनाइएका थापालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी थापालाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि….

गण्डकी । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा

तनहुँको व्यासमा चिस्यान केन्द्र बनेको एक वर्षपछि सञ्चालनमा

तनहुँ । तनहुँको व्यास नगरपालिका-११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान

बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्धधर्म र दर्शनको

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

संखुवासभा । सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे एक लाखसम्म जरिवाना गर्ने निर्णय