उपनिर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन असम्भवः निर्वाचन आयोग



काठमाडौँ । निर्वाचन आयोगले आसन्न उप–निर्वाचनका लागि विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन नसकिने बताएको छ ।

संसदको राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले त्यसका लागि ठूलो तयारी र गृहकार्य आवश्यक रहेकोले तत्काल सम्भव नभएको बताएका हुन् ।

थपलियाले प्राविधिक हिसाबले पनि ठूलो तयारी गर्नुपर्ने भएकोले आसन्न निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई सहभागी गराउन नसकिने बताए ।

तर यसपछिका निर्वाचनमा त्यो व्यवस्था लागु गर्नका लागि निर्वाचन आयोगले अध्ययन गरिरहेको उनले बताए । यसअघि सर्वाेच्च अदालतले पनि ठूलो संख्यामा नेपाली मतदाताहरु विदेशमा रहेकाले उनीहरुलाई पनि विदेशबाटै मतदानको व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिएको छ

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज पेस गरिने

कपिलवस्तु । कपिलवस्तुस्थित प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न

बाँकेको अशोक सामुदायिक वनमा पाटेबाघ मृत फेला

बाँके । बाँकेमा पाटेबाघ मृत भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित

चितवनबाट पुष्पा र अञ्जलीलाई पठाइयो कोशी टप्पु

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु