काठमाडौँ । शुक्रबार बसेको नयाँ सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले जेनजी आन्दोलन छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा निकायलाई हाइअलर्टमा बस्न दिइएको छ । सशस्त्र र नेपाल प्रहरीलाई शनिबार बिहान ७ बजेदेखि नै हाईअर्लटमा बस्न सर्कुलर गरिएको हो ।
मन्त्रिपरिषद बैठकपछि गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग छलफल गरेका थिए । त्यसपछि प्रहरी जवानदेखि एसएसपीसम्मलाई बर्दीमा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको हो । जेनजी आन्दोलनमा दमनमा संलग्न रहेको भन्दै जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ ।
ओली र लेखकलाई पक्राउ गर्दा प्रतिकार हुनसक्ने भन्दै प्रहरीले हाइअलर्टमा राखिएको अनुमान गरिएको छ । यता नेकपा एमालेका नेता र भातृ संगठनले बदला लिने उद्देश्यले सरकार उत्रिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिइसकेका छन् ।

प्रतिक्रिया