२९ जना प्रमुख सुवेदार र सुवेदारलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं ।  नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा ३४ जना प्रमुख सुबेदार/सुबेदारहरू बढुवा भएका छन्।

बढुवा भएका अधिकृतहरूलाई प्रधान सेनापति अशोकराज सिग्देलले वैशाख ७ गते जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पद मध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।

सो अनुरूप बढुवा भएका ३४ जना मध्ये विभिन्‍न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ५ जना बाहेक २९ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा आरोहण गरेका शेर्पा र छत्यालको पदोन्नति

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र

सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छः रक्षामन्त्री राई

सोलुखुम्बु ।  रक्षामन्त्री मानवीर राईले नेपाली सेना मुलुकमा आइपर्ने हरेक किसिमका समस्या र

नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

विपद् प्रतिकार्यको तयारीमा रहन मातहतका युनिटलाई सशस्त्रको परिपत्र

काठमाडौँ । सशस्त्र प्रहरी बलले विपद प्रतिकार्यका लागि तयारी गरिरहेको छ । मातहतका