दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली



काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका एक सय ५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसङ्घको चार्टर विमानमार्फत मंगलबार त्यसतर्फ गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी समरजीत गुल्म सातौँ डफ्फाका एक सय ३५ जना शान्ति सैनिकको टोली हिजै यहाँ आइपुगेको छ । सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा रहेको टोली स्वदेश फर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीका ७ डीआईजीको सरूवा

काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा भएको छ

सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक

मनाङ । गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपद्‌मा उद्धार र सीमा सुरक्षामा

सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष

कसरा (चितवन) । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि