सेवाको गुणस्तर थप सुधार गर्न महानिरीक्षक कुँवरको निर्देशन



काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवाको गुणस्तर सुधार गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीको प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा सोमबार कर्मचारीलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनाको उद्धारलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतना फैलाउन विभिन्न सरोकारवाला निकाय, स्थानीय तह तथा नागरिक समाजसँग समन्वय गरेर प्रभावकारी ढङ्गले परिचालन हुन र मातहतलाई परिचालन गराउन सक्रियता बढाउनुपर्नेमा जोड दिए ।

उनले लागुऔषधको बढ्दो ओसारपसार र प्रयोग नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, बैंकिङ कसुरलगायत आर्थिक अपराधहरूको नियन्त्रण गर्न उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गरी सकारात्मक नतिजा आउने गरी काम गर्न पनि आग्रह गरे ।

अपराध अनुसन्धानको क्रममा घटनाको गहनता बुझेर प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्न पनि उनले निर्देशन दिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, प्रदेश तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय, जिल्ला प्रहरी परिसर, जिल्ला प्रहरी कार्यालय, विभिन्न गणका प्रमुख तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको