उपरथीमा बढुवा भएका सिलवाल र तीन जना महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका सहायक रथी नारायण सिलवाल र प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका तीनजनालाई सोमबार दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

सहायक रथी सिलवालको विशेष बढुवा भएको हो । उनी यही मंसिर १३ अनिवार्य अवकाश हुँदैछन् । महासेनानीमा बढुवा हुनेहरुमा सुरेन्द्र सापकोटा, दिग्विजय शाह र निरज पाण्डे रहेका छन् । यी तीनैजना सैनिक अधिकारीहरु एकवर्ष अघि बढुवा भएपनि विदेशमा रहेकाले हाल दर्ज्यानी चिन्ह लगाएका हुन् ।

तीनैजना शान्ति मिशनमा कार्यरत रहेका थिए । कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा

सशस्त्र प्रहरीको प्रवक्तामा न्यौपाने

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)

  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

नेपाल प्रहरीका दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

  काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी