प्रहरी कर्मचारीले व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर



 

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीले व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले प्रविधिको विकाससँगै अपराध लगायतका विभिन्न गतिविधिमा परिवर्तन आएकाले प्रत्येक प्रहरी कर्मचारीले आफ्नो व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले कार्य सम्पादन सम्झौतामा सिर्जनशील तथा प्रवर्द्धनात्मक कार्यक्रम समावेश गरिएको हुँदा सम्पूर्ण प्रहरी कार्यालयले आफ्नो कार्यशैलीमा सिर्जनशीलता देखाउँदै कार्यसम्पादन सम्झौताको उद्देश्य प्राप्तिका लागि दत्तचित्त भएर काम गर्नुपर्ने बताए ।

नेपाल सरकारले रूपान्तरणको नीतिलाई आत्मसात् गर्दै अगाडि बढेको अवस्थामा यो अवसरलाई सदुपयोग गर्दै प्रत्येक प्रहरी कर्मचारीले सकारात्मक भई प्रहरी कार्यमा सुशासन कायम गर्ने, आन्तरिक शुद्धिकरण गर्ने, नागरिकमैत्री बन्ने र पूर्ण व्यावसायिक बन्दै निष्ठामा रहेर प्रहरीको छवि सुधार्ने काम गर्न उले निर्देशन दिए ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले दुई आर्थिक वर्षका लागि तयार पारिएको नेपाल प्रहरी कार्ययोजना–२०८० स्वीकृत भएपश्चात् वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम तय गरिएको जानकारी दिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी प्रधान कार्यालय मातहतका प्रहरी अतिरिक्त महानिरीक्षक र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको