नेपाल प्रहरीका २० एसएसपीलाई दज्र्यानी चिह्न प्रदान



 

काठमाडौं । नेपाल प्रहरीका २० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयबाट जनपद तथा प्राविधिकतर्फ बढुवा भएका २१ एसएसपीमध्ये २० एसएसपीलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दज्र्यानी चिह्न प्रदान गरे ।

दज्र्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी वरिष्ठ उपरीक्षक  विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशम्शेर जबरा, वेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् ।

यस्तै, प्राविधिकतर्फ प्रहरी वरिष्ठ उपरीक्षक डा संज्ञा मल्ल, डा दिवा शर्मा र डा आषिश दत्त छन् । सोही निर्णयबाट पदोन्नति भएकी एसएसपी गङ्गा पन्त हाल संयुक्त राष्ट्र सङ्घीय मिसनमा कार्यरत छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई फरक ढङ्ग र शैलीले काम गरी प्रहरी सङ्गठनको प्रतिष्ठा बढाउने काममा समर्पित हुन आग्रह गरे ।

उनले सङ्गठनप्रति बफादार, इमानदार र निष्ठावान् बन्दै सङ्गठन सुधार गर्ने सुनौलो अवसरलाई आत्मसात् गरी भावनात्मक रूपमा एकबद्धता भएर अगाडि बढ्न निर्देशन दिए । सङ्गठन बनाउने हकमा आन्तरिक शुद्धिकरणका साथै अझै उत्कृष्ट काम गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

उनले सरकारको प्राथमिकतालाई ध्यान दिँदै अझै सचेत र संवेदनशील भएर शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण एवम् नागरिक सेवामा समर्पित हुनुपर्ने बताए । पदोन्नति भएका अधिकृतका तर्फबाट  एसएसपी विश्व अधिकारीले प्राप्त अवसर, ऊर्जा, हौसला र जिम्मेवारीलाई अझै परिष्कृत, परिमार्जित एवम् उत्कृष्ट तवरले कार्य सम्पादन गर्दै सङ्गठनको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु

काठमाडौं । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य

प्रहरी महानिरीक्षक कुँवर ‘हेड अफ एनसीबी कन्फ्रेन्स’ मा सहभागी हुन सिंगापुर प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर प्रस्थान गरेका छन्। नेशनल सेन्ट्रल

सगरमाथा आरोहण गर्ने प्रहरी सम्मानित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन

हातहतियार खरिदसम्बन्धी कुनै निर्णय भएको छैनः रक्षा मन्त्रालय

काठमाडौं । रक्षा मन्त्रालयले केही दिनयता विभिन्न सञ्चार माध्यममा हातहतियार खरिदसम्बन्धी समाचार सम्प्रेषण