अन्तर्राष्ट्रिय सुरक्षामा देखापरेका जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकताः प्रधानमन्त्री



काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन् ।

बुधबार भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

नवआयुक्तहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको सही आङ्कलन गरी जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो ।”

नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको विश्वास कार्यसम्पादनमा स्पष्ट झल्कने गरेको उनले चर्चा गरे । प्रधानमन्त्री दाहालले यस्तो सङ्गठनको आयुक्त भई राष्ट्र सेवा गर्ने अवसर प्राप्त हुनु आफैँमा एक गौरवपूर्ण उपलब्धि भएको भन्दै यस गर्वको क्षणलाई आफ्नो सैनिक सेवाको अन्तिम घडीसम्म कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन नवआयुक्त अधिकृतहरुलाई निर्देशनसमेत दिए ।

नवआयुक्तहरुको काँधमा एक गहन राष्ट्रिय जिम्मेवारी थपिएको छ भन्दै प्रधानमन्त्रीले यो राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै, नेपाली सेनाको छविलाई थप उचाइमा पुर्याउने जिम्मेवारी पनि थपिएको बताए ।

संसारभरि वीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र वीरताबाट हासिल भएको हो भन्दै उनले यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रविधिमैत्री, तालिम, स्रोतसाधन र सम्पन्न उच्च हौसला युक्त उत्कृृष्ट सेनाका रुपमा स्थापित गरेको बताए ।

नेपालको इतिहासमा नेपाली सेनाले पु¥याउँदै आएको अटुट योगदानलाई सदैव स्मरण गर्दै आगामी दिनमा पनि यसबाट प्ररेणा लिँदै नवआयुक्तहरुले सक्दो योगदान दिनेमा विश्वास उनले व्यक्त गरे । संवैधानिक सरकारको मातहत र निर्देशनमा व्यावसायिक एवं मर्यादित सङ्गठनका रुपमा स्थापित गर्न नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी प्रदान गरे । त्यस्तै, महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडी अवार्ड प्रदान गरे ।

सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पूरा गरी आयुक्त पद प्राप्त गरेका छन् भने जाम्भियाका एकजनाले समेत अधिकृत क्याडेट तालिम पूरा गरेका छन् । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट नेपाली नागरिकलाई स–सम्मान स्वदेश फिर्ताको पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अमेरिकाबाट हालसम्म ३५ नेपाली नागरिक

अमेरिकी सहयोग क-कसले दुरूपयोग गरे श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोग दुरुपयोग गर्नेको नाम

गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले

राष्ट्रियसभालाई राजनीतिक दलका कार्यकर्ता थन्क्याउने थलोका रुपमा हेरिनुहुँदैन

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । राष्ट्रियसभाको महत्व,