अपराधको चरित्रमा देखिने फेरबदलको सामना गर्नेगरी रणनीति बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको बताएका छन् ।

२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो अपराधको चरित्रजस्ता सुरक्षा चुनौतीलाई सामाना गर्नका लागि आवश्यक रणनीति बनाइ सोहीअनुसार परिचालित हुन सुरक्षा निकायलाई निर्देशन पनि दिए ।

प्रधानमन्त्री दाहालले अपराधलाई निरुत्साहित गर्दै नेपाल सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय रणनीतिक लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दारी र प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

मुलुकको राजनीतिक सङ्क्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रधानमन्त्री दाहालले प्राकृतिक एवं मानव सिर्जित विपद्मा सशस्त्र प्रहरीले कर्तव्यनिष्ट भएर काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गरे ।

उनले नेपालको सीमा सुरक्षामा ‘डेडिकेटेड’ सुरक्षा फौजको रुपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक एवं वातावरण प्रतिकूलता र सीमित पूर्वाधारका बाबाजुद राष्ट्र सेवाको भावनासहित परिचालित सशस्त्र प्रहरीलाई विशेष धन्यवाद र आभार व्यक्त गरे ।

उनले नेपालको सीमा सुरक्षार्थ चारै दिशाका सीमा क्षेत्रमा परिचालन गर्न आवश्यक साधन स्रोत, सीप, तालिम र प्रोत्साहनको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको पनि बताए ।

उनले राजस्व सङ्कलनमा पुर्याएको सहयोग, व्यक्ति सुरक्षा तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वनय र जनताको जीउधनको सुरक्षामा सशस्त्र प्रहरीले पुर्याएको योगदानको पनि प्रशांसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको