नेपाली र अमेरिकी सेनाको संयुक्त उद्दार अभ्यास



काठमाडौं । नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई डोरीद्वारा सुरक्षितरूपमा जमिनमा उतार्ने अभ्यासमा नेपाली सेनाका उद्धारकर्ता र चन्द्रागिरि हिल्स् लिमिटेडका उद्धार टोली सहभागी थिए । केबलकारसँग रहेका उद्धार सामग्री र नेपाली सेनासँग रहेका उद्धार सामग्रीको प्रयोग गरी सोमबार अभ्यास सञ्चालन भएको थियो ।

सोक्रममा उद्धारकर्ताहरुबाट घाइते तथा सकुसल मानिसलाई विभिन्न तरिकाले जमिनमा उतार्ने अभ्यासहरु गरिएको थियो । उक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, श्री नं १ विपद् व्यवस्थापन गण, तथा युद्धभैरव गणबाट अधिकृतसहितको टोली सहभागी भएको थियो । अभ्यासमा विपद् व्यवस्थापन निर्देशक सहायक रथि डा पदमबहादुर बुढालगायतको उपस्थिति थियो ।

यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धारकार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास सञ्चालनका लागि योजना तयार गर्नसमेत मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

यता नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्याससमेत काठमाडौँको छाउनीमा सुरु भएको छ । उक्त अभ्यासमा नेपाली सेनाका ३५ र अमेरिकी सेनाका १९ को सहभागिता छ । आगामी माघ २० गतेसम्म सञ्चालन हुने अभ्यास छाउनीका साथै नगरकोटमा गरिने नेपाली सेनाले जनाएको छ । उक्त खाले अभ्यासले विपद्को खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास गरिएको छ । यो अभ्यासको १२औँ शृङ्खला भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको