नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा



काठमाडौं । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ शनिबार साँझ नुवाकोटको विदुर नगरपालिका–१० शुभघाट आइपुगेको छ ।

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाडौँसम्म पैदल जाने क्रममा धादिङको भर्याङ भुरुङ हुँदै नुवाकोट आइपुगेको हो । शुभघाटमा आइपुगेको टोलीलाई जिल्लास्थित जनप्रतिनिधि, स्थानीयवासीसहितका सरोकारवालाहरुले भव्य स्वागत गरेका छन् ।

धादिङको शिवदल गणका गणपति प्रमुख सेनानी अशोकराज बराल, उपसेनानी विशाल काजी र नेत्रावती–डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले शनिबार नुवाकोटको जबरजङ्ग गणका गणपति प्रमुख सेनानी अरुण कार्की र म्यागङ गाँउपालिका–५ का वडाध्यक्ष जीतबहादुर तामाङलाई संयुक्त रुपमा एकीकरण टर्च र्याली हस्तान्तरण गरेका थिए ।

नुवाकोटको जबरजङ्ग गणको नेपाली सैनिकले ग्रहण गरेको ‘एकीकरण टर्च ¥याली’ नुवाकोटको सामरीभञ्याङ स्थित पौवामा आएर विशेष कार्यक्रम पश्चात नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै सामरीभञ्याङ, कागुने, विदुर नगरपालिका–१० शुभघाट आइपुगेको हो ।

र्यालीलाई स्वागत गर्न भर्याङ भुरुङ र सामरीभञ्याङमा आयोजित स्वागत कार्यक्रममा नेपाली सेनामार्फत् सुरु गरेको अभियान इतिहासको जगेर्ना, पुर्खाले पुराएको योगदानको संरक्षण र मेटिदै जान थालेको तत्कालीन पुरातात्विक, धार्मिक तथा ऐतिहासिक संरचनाको जगेर्ना गरेर पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने स्थानीय रामेश्वर खड्काले बताए ।

नुवाकोटको त्रिशूलीबाट धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य भएकाले गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजयी गर्दै नेपाल एकीकरण अभियान सुरु भएको थियो । नुवाकोट विजयीबाट नै विशाल नेपालको निर्माण सम्भव भएको भन्दै गोरखाबाट काठमाडौँसम्मको एकीकरण यात्रा ऐतिहासिक र महत्वपूर्ण रहेको जबरजङ्ग गणका गणपति कार्कीले बताए ।

कान्तिपुर राज्यको अधिनमा रहेको नुवाकोटमाथि विजयी पश्चात नुवाकोटका जनताको साथ लिएर नै पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकासहितका अन्य राज्यमाथि विजयी हासिल गरेकाले उक्त पदमार्गको संरक्षण, पर्यटक प्रवद्र्धन र पुर्खाले पु¥याएको योगदानको सम्मान स्वरुप युवा पिँढीमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रा’ प्रभावकारी हुने नेपाली सेनाले जनाएको छ ।

र्यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् । गोरखा दरबारबाट निकालिएको ‘एकीकरण टर्च’ अर्थात् ‘दिपज्योति’ र्यालीमा पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजा संलग्न छ ।

‘एकीकरण टर्च’ र्याली आइतबार बिहान शुभघाटबाट केउरिनी चौतारो हुँदै नुवाकोटस्थित साततले दरबार पुग्नेछ । पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएर देशको शासन सञ्चालन चलाएको साततले दरबार परिसरमा आयोजित विशेष स्वागत कार्यक्रम पश्चात ‘एकीकरण टर्च ¥याली’ काठमाडौँतर्फ लाग्ने छ ।

साततले दरबारबाट धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै पुस २६ मा काठमाडौँतर्फ लाग्नेछ । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापति सिग्देलसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

यस्तो छ उपत्यकामा चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना, कुनै घटना भइहालेमा ५ मिनेटभित्र प्रहरी पुग्ने

काठमाडौँ । काठमाडौँ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

१४३ डीएसपीको सरुवा(सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा