नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न



काठमाडौं । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १ देखि सञ्चालन भएको ‘नेपाल–इण्डिया ब्याटेलेशन लेभल ज्वाइन्ट ट्रेनिङ एक्सरसाइज’ सम्पन्न भएको छ ।

उक्त अभ्यास बिहीबार बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अभ्यासमा विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन भएको थियो ।

अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट प्रमुख सेनानी हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ सकलदर्जा सहभागी भएका थिए ।

समापन समारोहमा बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा सहभागी सैनिकलाई बधाई दिँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीलाई प्रभावकारी ढङ्गले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको