प्रधानसेनापतिद्वारा प्रतिरक्षा विश्वविद्यालयको भवन शिलान्यास



काभ्रे । प्रधानसेनापति प्रभुराम शर्माले काभ्रेको बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा निर्माण हुने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा विश्वविद्यालय सञ्चालनमा ल्याइने उद्घोषानुरुप विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शिलान्यास गरिएको हो ।

विश्वविद्यालय निर्माणकार्यको सिलसिला आर्थिक वर्ष २०७६/७७ बाटै प्रारम्भ भएको थियो । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यले उक्त विश्वविद्यालय स्थापना गरिएको हो ।

निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायका अधिकृतको राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने हेतुले स्थापना गरिएको विश्वविद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध सञ्जाल विकसित गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रणनीतिक संस्कारको विकास तथा उच्चस्तरको नागरिक–सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने उद्देश्यअनुरुप सो विश्वविद्यालयको स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको