कर्तव्यनिष्ट भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन



सोलुखुम्बु । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको मंगलबार निरीक्षणका क्रममा उनले कार्यरत प्रहरी अधिकृत तथा जवानलाई नियमावलीमा भएका व्यवस्थालाई कडाइका साथ पालना गर्दै कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका हुन् ।

व्यक्तिगत लाभभन्दा सङ्गठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी इमान्दार, अनुशासित र उत्तरदायी तबरबाट पूरा गर्नुपर्नेमा प्रहरी महानिरीक्षक सिंहले जोड दिए ।

प्रहरी राज्यको अङ्ग भएकाले त्यसको सही कार्य सम्पादनबाट नागरिकले न्याय पाउने उनको भनाइ छ । प्रहरी महानिरीक्षक सिंहले पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणका लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आवागमनलाई सहज बनाउन पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको निरीक्षण पश्चात् उनी यहाँ आएका हुन् । फाप्लुबाट हेलिकप्टरमा लुक्ला हुँदै उनी आजै काठमाडाँै फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाउने

काठमाडौं । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन

प्रहरी नायब महानिरीक्षक पोखरेललाई प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई

अपराधको चरित्रमा देखिने फेरबदलको सामना गर्नेगरी रणनीति बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना र प्रविधिको विकासले मानव जीवनमा

विदेश पठाउने नाममा राहदानी, नागरिकता लिनेसँग सावधान रहन प्रहरीको अनुरोध

काठमाडौं । सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा