कर्तव्यनिष्ट भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन



सोलुखुम्बु । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको मंगलबार निरीक्षणका क्रममा उनले कार्यरत प्रहरी अधिकृत तथा जवानलाई नियमावलीमा भएका व्यवस्थालाई कडाइका साथ पालना गर्दै कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका हुन् ।

व्यक्तिगत लाभभन्दा सङ्गठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी इमान्दार, अनुशासित र उत्तरदायी तबरबाट पूरा गर्नुपर्नेमा प्रहरी महानिरीक्षक सिंहले जोड दिए ।

प्रहरी राज्यको अङ्ग भएकाले त्यसको सही कार्य सम्पादनबाट नागरिकले न्याय पाउने उनको भनाइ छ । प्रहरी महानिरीक्षक सिंहले पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणका लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आवागमनलाई सहज बनाउन पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको निरीक्षण पश्चात् उनी यहाँ आएका हुन् । फाप्लुबाट हेलिकप्टरमा लुक्ला हुँदै उनी आजै काठमाडाँै फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको