निर्वाचनको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न महानिरीक्षक अर्यालको निर्देशन



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आउँदो ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

उनले निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्य क्षेत्रमा प्राप्त जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिन सचेत गराए ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार ‘समर्पण एपीएफ मासिक’ पत्रिकाको विमोचनका क्रममा महानिरीक्षक अर्यालले सो धारणा व्यक्त गरेका हुन् ।

यसअघि सशस्त्र प्रहरी बल, नेपालको पाक्षिकरुपमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट ‘समर्पण राष्ट्रका लागि’ नामक कार्यक्रम सञ्चालनमा छ ।

उनले सङ्गठनमा भएका गतिविधिबारेमा सशस्त्र प्रहरी कर्मचारी जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका सङ्गठनको एक ऐतिहासिक दस्तावेज भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्तव्यनिष्ट भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन

सोलुखुम्बु । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका

पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकताः महानिरीक्षक सिंह

नेपालगंज । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पूर्वप्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी

छात्रछात्रालाई नेपाली सेनाको तालिम

रसुवा । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई राष्ट्रिय सेवा दलअन्तर्गतको तालिम प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक सिंहसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन