निर्वाचनको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न महानिरीक्षक अर्यालको निर्देशन



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आउँदो ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

उनले निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्य क्षेत्रमा प्राप्त जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिन सचेत गराए ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार ‘समर्पण एपीएफ मासिक’ पत्रिकाको विमोचनका क्रममा महानिरीक्षक अर्यालले सो धारणा व्यक्त गरेका हुन् ।

यसअघि सशस्त्र प्रहरी बल, नेपालको पाक्षिकरुपमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट ‘समर्पण राष्ट्रका लागि’ नामक कार्यक्रम सञ्चालनमा छ ।

उनले सङ्गठनमा भएका गतिविधिबारेमा सशस्त्र प्रहरी कर्मचारी जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका सङ्गठनको एक ऐतिहासिक दस्तावेज भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको