सेनाका सहायक रथीको म्याद थप र प्रमुख सेनानीहरूको बढुवा



काठमाडौं । सरकारले नेपाली सेनाका सहायक रथी विजय थापाको पदावधि थप गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथी थापाको पदावधि २०८० असोज १ गतेसम्मलाई थप गर्ने निर्णय गरेको हो। सहायक रथी थापा यसै महिना हुने उपरथी बढुवाको सूचीमा पहिलो नम्बरमा समेत छन्।

यस्तै सरकारले नेपाली सेना सैनिक हवाई सेवा पाइलट समूहका प्रमुख सेनानी सुवास खड्कासहित चार पाइलट प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा कार्यवाहक बढुवा गरी पदस्थापना गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी नेपाली सेना सैनिक साधारण सेवा समूहका महासेनानी राजेन्द्रप्रसाद सुनुवारलाई अवकाश हुने मितिभन्दा एक महिना अघिदेखि लागू हुनेगरी सोही सेवाको सहायक रथी दर्जामा विशेष बढुवा गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको