प्रहरी महानिरीक्षक सिंहद्वारा प्रतिष्ठानको निरीक्षण भ्रमण



काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी व्यारेक, मेस, पुस्तकालयका साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीको कवाज एवं प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयकोसमेत निरीक्षण गरेका हुन् ।

साथै प्रहरी महानिरीक्षक सिंहले प्रतिष्ठान परिसरमा वृक्षरोपणसमेत गरे । निरीक्षणपश्चात् आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र सातै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत तालिमको प्रशिक्षण म्यानुअल हस्तान्तरण गरे ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले प्रतिष्ठान परिसरमा उच्चस्तरको अनुशासन प्रस्तुत गर्न निर्देशन दिए । उनले प्रशिक्षार्थीलाई तालिमप्रति उत्प्रेरित गर्न प्रशिक्षण वातावरण, प्रशिक्षार्थीले पाउने सुविधा, प्रशिक्षण सामग्रीको उपलब्धता, प्रशिक्षार्थीप्रतिको व्यवहारलगायत तत्व हुनुपर्ने उल्लेख गर्दै प्रशिक्षणमैत्री वातावरण बनाउन प्रतिष्ठान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको